महोत्तरीको रघुनाथपुरमा शसश्त्र प्रहरीको बोर्डर आउट पोष्टको उदघाटन सम्पन

५ years अगाडी teraibulletin

महोत्तरीको रघुनाथपुरमा शसश्त्र प्रहरीको बोर्डर आउट पोष्टको उदघाटन सम्पन

धर्मेन्द्र कुमार यदव- महोत्तरी,

महोत्तरी जिल्लाको सोनमा गाउपालिका ३ रघुनाथपुरमा शसश्त्र प्रहरीको बोर्डर आउट पोष्टको उदघाटन गरिएको छ। प्रदेश नं २ का शसश्त्र प्रहरी प्रमुख राजु अर्यालले बिहिवार जलेश्वर भन्सार कार्यालयको रघुनाथ पुर शाखाको भवनमा उक्त शसश्त्र प्रहरी बोर्डर आउट पोष्टको उदघाटन गरेको छ।

 

उदघाटन कार्यक्रममा बोल्दै प्रदेश नं २ का शसश्त्र प्रहरी प्रमुख अर्यालले भनुभयो कि सिमा नाकामा भइरहेको अपराधलाइ कम गर्न र भन्सार छली तस्करी गर्ने तस्करलाई नियन्त्रन गर्न यस शसश्त्र प्रहरीको बोर्डर आउट पोष्टको स्थापना गरिएको छ साथै कसैले शसश्त्र प्रहरीको घुमुवा हु भनेर रकम असुल्नेलाई प्रमाण सहित पक्राउ गर्न समेत सबैलाइ आग्रह गरेका थिए।

सिमानाका बन्दको बारे बोल्दै वाहाले भनुभयो कि हामी नेपाल र भारतका मानिस हरुलाइ रोकेको छैन हामी कोरोना लाई रोकेको छु अबस्था सामान्य भएपछी पुन आबत जावत शुरु हुनेछ।

 

स्थापना गरिएको शसश्त्र प्रहरीको बोर्डर आउट पोष्टको नाया भवन निर्माणको लागि सोनमा गाउपालिकाको तर्फ बाट आ.ब. २०७७/०७८ मा रु ४० लाख दिने गाउपालिका प्रमुख राज कुमार यादबले घोषणा गरेको छ साथै प्रहरी संग काधमा काध मिलाएर अगाडि बढ्ने प्रतिबद्धता गरेका थिए।

 

कार्यक्रममा महोत्तरी शसश्त्र प्रहरी प्रमुख नीर कृष्ण अधिकारी, जिल्ला प्रहरी प्रमुख टीका बहादुर केसी, जिल्ला प्रशासन प्रमुख, जलेश्वर भन्सार प्रमुख, शसश्त्र प्रहरी चौकी सम्सिका प्रमुख नमराज पुडासैनी, शसश्त्र प्रहरी चौकी खैरबनीका प्रमुख, शसश्त्र प्रहरी चौकी पोखर भिण्डाका प्रमुख,  सोनमा गाउपालिका का १,२,३ र ८ नं वाडाका वाडा अध्यक्ष, विभिन्न पार्टी प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?