धर्मेन्द्र कुमार यादव- महोत्तरी,
नेपाल सरकार द्वारा देश भरिकै सामुदायिक बिद्यालयमा नि:शुल्क शिक्षा प्रदान गरिने कुरा संबिधानमा उल्लेख गरिएको छ। बालबिकास देखी कक्षा १० सम्म पढ्ने बिधार्थी हरुलाइ नि:शुल्क शिक्षा दिने प्राबधान रहेको छ तर महोत्तरीको गौशाला नगर पालिकामा रहेको बिद्यालयहरुमा बिद्यार्थीहरु संग शुल्क लिइरहएको खुलासा भएको छ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिकाको गौशाला बजारमा रहेको श्री त्रिभुवन उच्च मा बि मा बिद्यार्थीहरु संग विभिन्न शिर्षकमा शुल्क उठाइ रहेको खुलासा भएको छ। बिद्यालयले लिएको शुल्कको रसिद समाजिक सन्जालमा भाइरल भएपछी यस्तो खुलासा भएको छ। भाइरल भएका रसिद अनुसार बालबिकासका विद्यार्थी संग बिद्यालय बिकास शिर्षकमा ६० रुपया, कक्षा १ का विद्यार्थी संग परीक्षा शिर्षकमा ६० रुपया, कक्षा ७ का विद्यार्थी संग बिद्यालय बिकास शिर्षकमा ३५० रुपया र कक्षा ९ का बिद्यार्थी संग बिद्यालय बिकास शिर्षकमा ५०० रुपया लिएको रसिद बरामद भएको छ।
बिध्यार्थी संग शुल्क उठाइएको बारे त्रिभुवन मा बी का प्र अ अमोद कुमार महतो संग सोध पुछ गर्दा वाहाले भनु भयो कि हामी र बि. व्य. समिती को निर्णय अनुसार बिद्यार्थीहरु संग सरस्वती पुजाको लागी आग्रीम शुल्क उठाइरहेको छु। सरस्वती पुजाको समयमा पुजा गर्न रकम उठाउन अफ्ठ्यारो हुन्छ त्यसैले अहिले देखि नै उठाउन लागेको छु।
त्यस्तै यस समबन्धमा गौशाला नगरपालिकाका उप सचिव चन्द्र खडका संग सोध पुछ गर्दा वाहाले भनुभयो कानुन बिपरित कसैले शुल्क उठाउन सक्दैन, नि शुल्क शिक्षा हो निशुल्क नै गर्नु पर्छ, यस सम्बन्धी खोज बिन गरिनेछ।
त्यस्तै गौशाला नगरपालिकाको वाडा नं ११ श्री जनता मा बि भरतपुर खोरमा पनी विद्यार्थी संग शुल्क लिदै आइरहेको छ।
भरतपुर खोरमा रसिद नं २०१ अनुसार कक्षा १० का विद्यार्थी हरु संग ७२० रुपया बिद्यालय बिकास शुल्काको नाममा उठाएको छ।
यस नगरपालिका भित्रमा ३२ वटा समाुदायिक विधालयहरु रहेकाे छन । गाैशाला नगरपालिका भित्रका सामुदायिक विधालयहरु जथाभाबी शुल्क लिने गरेकाे कारण अभिभावकहरु परेसान भएका छन।