धर्मेन्द्र कुमार यादव- महोत्तरी,
महोत्तरी जिल्लाको सोनमा गाउपालिका ५ खैरबनीमा करेन्ट लागेर शनिवार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय राकेस यादवको पत्नी बर्ष ३४ कि किरन देवी यादव रहेको छ।
घरमा खाना बनाउनको लागि पानी निकाल्ने क्रममा घरमै लगाइएको पानी ताने मोटरमा अचानक करेन्ट प्रवाह हुदा करेन्ट लागेका थिए। करेन्ट लागी अचेत भइ भुइमा लडेको अबस्थामा परिवारका सद्स्यहरु देखेका थिए। अचेत अबस्थामै उनलाइ उपचार गर्न प्राथमिक स्वास्थ्य केन्द्र गौशाला लगिएको थियो र गौशालामै मृत घोषना गरेका थिए।
मृत्यु पछी सवलाइ पोस्टमार्टम गरि परिवारलाई बुझाइएको छ।