वीरगंजमा पांच जनाद्वारा “प्लाज्मा दान”

५ years अगाडी teraibulletin

वीरगंजमा पांच जनाद्वारा “प्लाज्मा दान”

वीरगंज १८ भादौ -वीरगञ्जमा प्लाज्मा थेरापीका लागि ‘प्लाज्मा दान’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल चिकित्सक संघ नारायणीको कार्यालयमा आयोजित कार्यक्रममा ५ जनाले ‘प्लाज्मा दान’ गरेका हुन् ।‘प्लाज्मा दान गरौं, कोरोना संक्रमितको ज्यान बचाऔं’ भन्ने नाराका साथ आयोजित प्लाज्मा दान कार्यक्रमा कोरोना संक्रमण निको भएका ५ जनाले प्लाज्मा दान गरेको रक्त सञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डेले बताउनु भयो ।

नागरिक सरोकार समाज वीरगञ्ज, नारायणी अस्पताल प्लाज्मा थेरापी स्टडी ग्रुपको आयोजना भएको कार्यक्रममा वडाध्यक्ष जगत साह कानु, पत्रकार सुरेश विडारी, डाक्टर प्रहलाद अधिकारी, प्रवेश ढंगेल र खसीकान्त चौधरीले प्लाज्मा दान गर्नु भएको हो ।दान गरिएको रगतबाट प्लाज्मा निकालेर ‘प्लाज्मा बैंक’मा सुरक्षित राख्ने र आवश्यक पर्दा संक्रमितलाई चढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सरोकार समाजका ओम प्रकाश सर्राफले जानकारी दिनुभयो ।

‘प्लाज्मा बैक’ का लागि रक्तसञ्चार केन्द्र वीरगञ्जमा आवश्यक बन्दोबस्त गरिसकिएको प्रमुख पाण्डले जानकारी गराउनु भएको छ ।तीन महिना अघि देखि थालिएको प्रयासले सार्थकता पाएको चिकित्सक संघ नारायणीका सचिव डाक्टर उदय नारायण सिंहले बताउनु भयो ।गम्भिर अवस्थाका संक्रमितलाई प्लाज्मा थेरापी गर्नुपर्ने हुँदा जरुरी पर्दा दाता खोजेर प्लाज्मा निकाल्न समय लाग्ने भएकोले ‘प्लाज्मा बैंक’ स्थापना गरिएको उनको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका अध्यक्ष अजय द्विदी, चिकित्सक संघ नारायणी, वीरगंजका अध्यक्ष डा। अरुण सिंह, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। संजय ठाकुर, रेडक्रस पर्सा शाखाका मन्त्री शैलेन्द्र चौधरी, समाजिक अभियान्ता प्रकाश थारु लगायतको उपस्थिती रहेको थियो l

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?