पर्सा १९ भादौ – पर्सा र बारामा थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा हिजो भएको परिक्षणको नतिजा गएराति आउँदा पर्सामा २६ र बारामा १९ जनागरी थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
अस्पतालमा पर्सा र बाराका विभिन्न स्थानबात आएको ५ सय ८४ जना को थ्रोट स्वाबलाई परिक्षण गर्दा नेपाल प्रहरी, सशस्त्र रहरी र बैंकरसहित थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।पर्सामा थपिएका सङ्क्रमितमध्ये पाँच जना नबिल बैंक वीरगञ्ज शाखामा कार्यरत कर्मचारी हुन् । त्यसैगरी बाराको कामना विकास बैंकको एउटा शाखाका एक कर्मचारीपनि सङ्क्रमित भएका छन् ।
पर्साको वीरगञ्जमा १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको वडा नम्बर ९,१०,१४ र २२ नम्बर वडामा दुई/दुई जना सङ्क्रमित थपिएका छन् भने वडा नम्बर ८ र १५ मा एक/एक जना र वडा नम्बर नखुलेका एक जनापनि थपिएका छन् । त्यस्तै पर्साकै कालिकामाई गाउँपालिकाको वडा नम्बर ४ मा दुई जना र वडा नम्बर ५ मा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा पनि एक सङ्क्रमित भेटिएका छन् ।