पर्सा २५ भादौ –प्रदेश दुईको बारा , पर्सा ,रौतहट थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ l नारायणी अस्पतालको प्रयोगशालामा भएको परीक्षणको गएराति आएको रिपोर्टमा तीन जिल्लाका १६ जनामा संक्रमण देखिएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिनुभयो।
प्रवक्ता चौरसियाको अनुसार संक्रमण देखिनेमा ६ वर्षकी बालिकादेखि ७४ वर्षका वृद्धसम्म रहेका छन् । अस्पतालमा २९२ जनाको स्वाब परीक्षण गर्दा पर्साका ७, बाराका ७ र रौतहटका २ जनामा संक्रमण पुष्टि भएको उहाले बताउनु भयो ।