सप्तरी २ असोज –सप्तरीमा ३७ जना प्रहरीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ l जिल्लाको गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोशालामा गरिएको परिक्षणको क्रममा प्रहरी, चिकित्सक, अधिवक्ता, प्रहरी र सैनिकमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले बताउनु भयो l
यही अस्पतालमा कार्यरत रहेका चिकित्सक संक्रमित भएका छन भने उही जिल्लाका प्रहरी अधिकारीमाँ कोरोना पुष्टि भएको जनाईएको छ l कन्ट्याक्ट ट्रेसिङका क्रममा प्रहरीमा कोरोना देखिएको हो। यसअघि जिल्ला प्रहरी कार्यालयका एसपी र डिएसपीमा कोरोना देखिएको थियो।
उनीहरुको सम्पर्कमा रहेका ८५ जनाको स्वाब परीक्षण गर्दा ३७ जनामा कोरोना देखिएको हो। यसैगरि राजविराज नगरपालिका–३ का ४५ वर्षीय अधिवक्ता, राजविराजस्थित भिम दल गणका ३७ वर्षीय नेपाली सेनाका जवानमा पनि कोरोना देखिएको छ।
त्यस्तै, तिरहुत गाउँपालिका–२ का २९ वर्षीय युवकमा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। यसैगरि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनरुप नगरपालिका–६ का पाँच जना र विष्णपुर गाउँपालिकाका एक जनामा कोरोना देखिउको छ। उनीहरु पाँच वर्षदेखि ४१ वर्षसम्मका रहेका छन् । योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या एक हजार एक सय ४३ पुगेको छ। जसमा आठ सय ५० जना निको भएका छन्। कोरोनाबाट नौ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।