पर्सा ३ असोज –मधेशी जनअधिकार फोरम मधेशले संविधान संशोधन होइन यसलाई खारिज गरी पुनर्लेखन गर्नु पर्ने मधेशी जनअधिकार फोरम मधेशका राष्ट्रीय अध्यक्ष भाग्यनाथ प्रसाद गुप्ताले बताउनु भएको छ l संविधानको बिरोधमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गुप्ताले यो संविधान मधेशीलाई पूर्णरूपमा उपेक्षित गरेको हुदा यो संविधान काहिलै मान्य नहुने बताउनु भयो l
मधेशी जनअधिकार मधेशले दिवसको अवसरमा सविधानको प्रतिलिपलाई जलाएको पार्टीका केन्द्रीय उपाध्यक्ष जयकरण यादवले जानकारी दिनु भयो l उहाले यो संविधानमा मधेशको लागी केही नरहेकोले यसलाई खारिज नै गरी पुनर्लेखन गर्नु पर्ने कुरामा जोड़ दिनुभयो l संविधान जारी भएको दिनलाई स्मरण गर्दै उहाले यो संविधान मधेशीको लागे भएको भए त्यो दिन सरकार मधेश बासिको छातिमा गोली हानि संविधान जारी गर्दैनथ्यो यादवले भन्नु भयो l
तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशिल प्रसाद कोइराला नेतृत्वका सरकारले बिश्वकै उतकृष्ट संविधान भनेर जारी गरेको संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण रहेको मधेशी जनाधिकार फोरम मधेशका केन्द्रीय कोषाध्यक्ष मोहन यादवले बताउनु भयो ।
नेपाली कांग्रेसका नेता गगन थापाको भनाईलाई उदृत गर्दै कोषाध्यक्ष यादवले बिश्वको नै उत्कृष्ट संविधान बनाएका कांग्रेसकाले किन संशोधनको आवाज उठाउदै आएको छ भनी प्रश्न गर्नुभयो l आफ्नै नेतृवमा काननुको सींगो पुस्तक नै लेख्ने र पछि आफै परिमार्जन गर्नु पर्छ भन्नुले प्रत्यक्ष रुपमा नै मधेश संग धोका भएको उहाले बताउनु भयो l सरकार मात्र मधेश बिरोधी कार्य गर्दै गईरहेको बताउदै उहाले मधेशको नाउमा भोट खेती गरी चुनावमा जितेर केन्द्र सम्म गएका आफुलाई मधेश केन्द्रित बताउनेहरू आज किन ओलीको , प्रचण्ड , र देवाको मुखदर्शक बनेको प्रश्न गर्नु भयो l
एउटा फर्क प्रसंगमा बोल्दै पार्टीका राष्ट्रीय अध्यक्ष गुप्ताले सरकार कोरोना महामारी नियन्त्रणमा चुकेको बताउनु भयो l कोरोना नियन्त्रण गर्नको लागी खरीद गरिएको समग्रिमा समेत भ्रष्टचार गरेको आरोप लगाउनु भयो l उहाले कोरोनको सुरुमा नै तत्कालीन संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई इंकित गर्दै सरकारमा बसेका सबै भ्रष्टाचारमा लिप्त रहेको टिपण्णी गर्नु भयो l