लागुऔषध कारोबारी र बस व्यवसायीसँग करोडौँ अवैध सम्पत्ति

५ years अगाडी teraibulletin

लागुऔषध कारोबारी र बस व्यवसायीसँग करोडौँ अवैध सम्पत्ति

लागुऔषध कारोबार तथा यातायात व्यवसायमा आबद्ध दुई व्यक्तिसँग करोडौँ अवैध सम्पत्ति भेटिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूविरुद्ध मुद्दा प्रक्रिया अगाडि बढाएको छ ।लागुऔषध कारोबार अभियोगमा जेल परेर छुटेका काठमाडौं सीतापाइलाका देवेन्द्र छपाली मगरको एक अर्ब सम्पत्ति भेटिएको छ । त्यसमध्ये करिब १२ करोड रुपैयाँ उनले आपराधिक कार्यबाट कमाएको निष्कर्ष निकाल्दै विशेष सरकारी वकिल कार्यालयले गत बिहीबार उनीविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

विभागले गरेको छानबिनमा उनीसँग चल–अचल गरी एक अर्बको सम्पत्ति भेटिएको थियो । त्यसमध्ये एकचौथाइ सम्पत्तिको स्रोत खुलेको थिएन । विभागले प्रस्ताव गरेको भन्दा थोरै मात्र बिगो कायम गरी मुद्दा चलाउने निर्णय विशेष सरकारी वकिल कार्यालयले गरेको स्रोत बताउँछ ।विभागले गत फागुनमै अनुसन्धान पूरा गरेर फाइल सरकारी वकिलमा पठाएकामा सात महिनापछि मुद्दा चलाउने निर्णय भएको हो । विशेष सरकारी वकिल कार्यालयको निर्णयपछि मात्र विभागले मुद्दा दायर गर्न पाउँछ ।

देवेन्द्र लागुऔषध कारोबारमा पटक–पटक पक्राउ परेका व्यक्ति हुन् । पछिल्लोपटक २३ वैशाख ०६९ मा उनलाई लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले पक्राउ गरेको थियो । त्यस बेला उनीसहितका तीनजनाबाट एक सय ३६ किलो चरेस बरामद भएको थियो ।ब्युरोको अनुसन्धानमा उनले सीतापाइलास्थित आफ्नै घरमा कपासको आवरणमा चरेसको गोदाम राखेको खुलेको थियो ।

अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर वर्षौंदेखि सिरक, डस्नाभित्र लुकाएर उनले चरेस तस्करी गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार भारत हुँदै क्यानाडालगायत मुलुकमा उनले तस्करी गर्ने गरेका थिए । अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध देखिएका उनको हङकङ र जापानका बैंकमा खाता भेटिएको विभाग स्रोत बताउँछ । चरेस तस्करीबापत आर्जन हुने रकम उनले तिनै खातामा जम्मा गर्न लगाउने गरेका थिए ।

ती खाता रोक्का गरेर विभागले अनुसन्धान अगाडि बढाएको थियो ।मगर ०३१ सालदेखि चरेस तस्करीको अन्तर्राष्ट्रिय गिरोहमा आबद्ध भएको प्रहरी अभिलेख छ । ०३९ सालमा पहिलोपटक पक्राउ पर्दा धरौटीमा छुटेका उनी ०४२ सालमा पनि खैरो हेरोइनसहित पक्राउ परेका थिए ।पछिल्लोपटक ०६९ मा पक्राउ पर्दा उनी दुई वर्षमै छुटेका थिए । सीतापाइलामा मगरको डेढ रोपनी जग्गासहित घर छ । थानकोटमा करिब १५ रोपनी जग्गा भेटिएको छ । छानबिनबाट जोगिन कतिपय जग्गा उनले बकसमार्फत प्राप्त गरेको देखाएको विभागका एक अधिकारी बताउँछन् । यो समाचार आजको नयापत्रिकामा छापिएको छ l

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?