त्रिशुलिमा पेट्रोलसहित खसको ट्याङ्करका चालक र सहचालक प्रहरीको सम्पर्कमा

५ years अगाडी teraibulletin

त्रिशुलिमा पेट्रोलसहित खसको ट्याङ्करका चालक र सहचालक प्रहरीको सम्पर्कमा

काठमाडौँ  ४ असोज –त्रिशूली नदीमा खसेको पेट्रोल बोकेको ट्याङ्करका चालक र सहचालक प्रहरीको सम्पर्कमा आएका छन्। ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट आइतबार बिहान त्रिशूली नदीमा खसेर आगलागी भएको थियो।उक्त ट्याङ्करका चालक हेटौँडा–१० का सुदिप बोहरा र सहालक हेटौँडा –३ का मनिष नगरकोटी प्रहरीको सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।केहीबेरअघि सम्पर्कमा आएका उनीहरुले ट्याङ्करको स्टेरिङ फेल भएका कारण नदीमा खसेको र आफूहरुले हाम फालेर ज्यान जोगाएको बयान प्रहरीलाई दिएका छन् ।

दुवैजनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ।ट्याङ्करमा चालक र सहचालक बाहेक अरु मानिस नरहेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?