कोरोनाको ईपिसेन्टर अब काठमाण्डौँ बन्दै

५ years अगाडी teraibulletin

कोरोनाको ईपिसेन्टर अब काठमाण्डौँ बन्दै

काठमाण्डौँ ६ असोज –कोरोना संक्रमणको ईपीसेन्टर अब काठमाण्डौँ बन्दै गएको छ l नेपाल पछिल्लो समय पुष्टि भएका कोरोनाको आधा संख्या मात्र काठमाण्डौँमा रहेको जनाईएको छ l हिजो सोमबार नेपाल अधिराज्य भर पुष्टि भएको ११५४ जना कोरोना संक्रमित मध्ये ६७४ जना संक्रमित मात्र काठमाण्डौँ उपत्याकाका रहेको जनाईएको छ l पछिल्लो समय थपिँदै गरेका नयाँ संक्रमित मध्ये आधा भन्दा बढी संक्रमित काठमाडौँ उपत्यकाका रहेका छन्।स्वास्थ्य मन्त्रालयले सर्वजनिक गर्दै आएको पछिल्लो १० दिनको तथ्याङ्क हेर्ने हो भने १३ हजार ३ सय ५७ थपिएका नयाँ संक्रमितमध्ये ६ हजार ५ सय ८२ संक्रमित उपत्यकाका रहेका छन्।

यस्तै, भदौ ४ गते देशभर १ हजार ३ सय २५ जना नयाँ संक्रमित थपिएका थिए भने उपत्यकाका मात्रै ७ सय ६७ जना थिए। भदौ ३ गते १ हजार २ सय ४ जना नयाँ संक्रमित मध्ये ७ सय ११ जना काठमाडौँका थिए। कुल संक्रमित मध्ये आधा भन्दा धेरै संक्रमित उपत्यकामा भेटिएका थिए।

हालसम्म नेपालमा संक्रमितको संख्या ६५ हजार २ सया ७६ रहेको छ। संक्रमित भएका मध्ये संक्रमणमुक्त भएर घर फर्किनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ भने विभिन्न अस्पतालमा उचार भइरहेका सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ।

यस्तै सोमबारसम्म कोरोना भाइरस संक्रमणका कारण ४ सय २७ जनाले ज्यान गुमाइसकेका छन् ।पहिला इपीसेन्टर बनेको पर्साको बीरगंजको अवस्था सामान्य हुदै गएको छ भने संक्रमितको संख्या पात्लिएको छ l

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?