बर्दिया ६ असोज –कोरोना संक्रमणले एक वडा अध्यक्षको ज्यान लिएको छ l बर्दिया बारबर्दिया नगरपालिका वडा नम्बर तिनका वडा अध्यक्ष ३९ बर्षीय सूर्यबहादुर थारुको भेरी अन्चल अस्पताल नेपालगंजमा उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला
जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ। यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेत र बर्दियाका कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको थियो।