अपडेट:-पहिरोमा पूरिएर एकै परिवारका ५ जनाको ज्यान गयो

५ years अगाडी teraibulletin

अपडेट:-पहिरोमा पूरिएर एकै परिवारका ५ जनाको ज्यान गयो

स्याङ्जा ८ असोज – पहिरोमा पुरिएर स्याङ्जाको वालिङ नगरपालिकामा एकै परिवारका पाँचजनाको ज्यान  छl बिहीबार बिहान ६ बजे वालिङ–१४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँचजनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनु भयो ।

प्रवक्ता अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा वालिङ–१४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् । अहिलेसम्म तीन महिला र दुई पुरुषको शव निकालिएको छ ।

अन्य चारजना अझै बेपत्ता छन् ।एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्धार गरी गह्रौं प्राथमिक अस्पताल वालिङ पठाईएकोमा थप उपचारका लागि पोखरा पठाइएको अस्पतालले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयले बिहानैदेखि उद्धार कार्यलाई जारी राखेका छन् । माथिबाट निरन्तर पहिरो खसिरहेकाले उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?