वीरगंज १६ असोज -जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको वडा प्रहरी कार्यालय श्रीपुरले पीडितलाई न्याय दिनु भन्दा अन्याय गर्ने पीडकलाई संरक्षण गर्ने गरेको पीडित पक्षले आरोप लगाएको छन l पीडित पक्षले नेपाल पत्रकार महासंघ पर्सा शाखामा पत्रकार समेलन गरी यस्तो आरोप लगाएका छन l पीडित राकेश साह र रमेश साहले पत्रकार समेलनको आयोजन गरी आफुमाथी गर्ने अत्याचारका आरोपितलाई प्रहरीले सामसूम गरेको आरोप लगाएका छन l
पीडितहरुका अनुसार गत असोज १३ गते बिहान ८:३० बजेको समयमा रमेश पासवानका छोरा अजय पासवानलाइ बाटोमा कुटपिट गरिरहेको देखेपछि सुजीत साहले झगडा छोडाईदिए पछि केही समयको अंतरालमा बीरगंज महानगरपालिका वडा नम्बर २३ परसौनी बीरता बस्ने ईमारान अंसारी ,
ईरफान अंसारी, खुरसिद अंसारी, नुरसिद अंसारी, ग्यासुदिन मियाँ, मनिफ अंसारी र कमरोदा अंसारी सहितको हुलले स्थानिय राकेश साहको घरमा प्रवेश गरि तिन बर्षकि छोरी आरुषि साह, भाई सुजित साह, आमा धर्मशिला देवी स्थानिय अजय पासवान र निरज श्रेष्ठलाई कुटपिट गरि गम्भिर घाइते बनाएको उनिहरुले बताएका छन l
कुटपिटबाट गम्भिर घाईते धर्मशिला देवी र सुजित साहको वीरगंज न्युरो हस्पिटल पानी टंकी र अजय पासवानको सुर्य हस्पिटलमा उपचार भईरहेको पत्रकार समेलनमा राकेश साहले जानकारी दिएका छन। कुटपिट गर्ने बिरुद्ध उजरी दिदा समेत प्रहरीले उजरी नलिई थप पिडा दिने काम गरेको कुरा पत्रकार सम्मेलनमा पीडित साहले बताएका हूँन ।
वडा प्रहरी कार्याल श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले पक्राउ गरेका चार जनालाई समेत छोडेर पिडितलाई थप पिडा दिने काम गरेको साहले गुनासो गरेका छन । पिडितको उपचार भईरहेको बेला आक्रमण गर्नेलाई उन्मुति दिई घटना दवाउन प्रहरी नै सक्रिय रहनुले प्रहरी नै दोषीलाई उन्मूक्ति दिने र निर्दोषलाई झन त्रसित बनाउने काममा लाग्नुले कानूनी राजको समेत उपहास भएको हो l असोज १८ गते आईतबार सम्म प्रहरीले उजरी लिएन भने स्थानीय न्यायका पक्षधरको बीचमा जाने र सडक आन्दोलन गर्ने चेतावनी समेत अर्का पीडित रमेस पासवानले दिएका छन ।