राहतको नाउमा राजनिति गर्नेलाई जनता आफै मूल्यांकन गर्छन कांग्रेश नेता सिंहको भनाई ।

५ years अगाडी teraibulletin

राहतको नाउमा राजनिति गर्नेलाई जनता आफै मूल्यांकन गर्छन कांग्रेश नेता सिंहको भनाई  ।

 

 

पर्सा,श्रीनारायण-महतो ८ बैशाख-नेपाली कांग्रेश पर्सा जिल्लाका सदस्य एवम युवा नेता नबीन सिंहले राहतको नाउमा राजनितिक र पक्षपात गर्नेलाई जनता आफै मूल्यांकन गर्ने बताउनु भएको छ  । नेता सिंहले जनताको नै मतबाट जितेका जनप्रतिनिद्धिले जनताको भावना संग खेलवाड़ गर्ने गरेको आरोप लगाउनु भयो  ।

 

उहाले जनता पीड़ा परेको खण्डमा मलहम लगाउनुको सट्टा राजनीतिको खेती गर्नु बिना लगनको बाजा जस्तै भएको टिपण्णी गर्नु भयो  ।उहाले वास्तबिक पीड़ित काहा राहत नै पुगन सकिरहेको छैन अनी जो पीड़ित छैन उलाई राहत बाडनु भनेको अर्थ आफ्नो भोटर सपोटर पालने काम बाहेको अरु केही नभएको बताउनु भयो  ।

 

उहाले अब जनता बिस्तारै बुझ्दै गईरहेको र आउने दिनमा एक एकको मूल्यांकन गर्दै हिसाब किताब माग्छ्न भनी बताउनु भयो  । यो माहामारीको समयमा सबैले एक भएर जानू पर्ने अवस्थामा अहिले पनी राजनितिक गर्दै जनतालाइ दुःख दिनु कतिको जायज हो भनी प्रश्न गर्नु भयो  । जनताले आफ्नो अधिकारको प्रयोग गर्दै जनप्रतिनिद्धि बनाइदिएको अब उने जनप्रतिनिद्धि जनता पीड़ा परेको बेला पक्षपात गरिरहेको आरोप लागाउनु भयो  ।

नेता सिंहले अहिले कालाबाजारी बढेको,महँगी उचाइमा पुगेको तर यसलाइ न्यूनीकरण गर्न सरकारले कुनै तादरुकता समेत नदेखाएको आरोप लगाउनु भयो  । लकडाउनले गर्दा जनता एकातिर आर्थिक संकटमा परेका छन भने अर्का तीर महंगाईको पीड़ा खेपी रहेका बेला सरकारको माजाले निदाई रहेको आरोप लगाउनु भयो ज  । उहाले जनतालाइ जब र जहिले पीड़ा हुन्छ त्यसलाइ निराकार गर्न नेपाली कांग्रेश सडकदेखि सदन सम्म आवाज उठाउदै आएको र उठाउदै जाने ठोकुवा गर्नु भयो  ।

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?