शिक्षा समितिको बैठक सुरु, विधेयकमा छलफल

१ महिना अगाडी न्युज डेस्क

शिक्षा समितिको बैठक सुरु, विधेयकमा छलफल

काठमाडौँ, ७ जेठ। सिंहदरबारस्थित संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बुधबार दिउँसो सुरु भएको छ।

बैठकमा शिक्षा उपसमितिले पेश गरेको विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ। बैठकमा समिति सदस्यहरूले प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नेछन्, त्यसपछि दफावार छलफल अघि बढाइनेछ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको समेत उपस्थिति रहेको छ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?