सुनको मूल्य तोलामा १७ सयले वृद्धि

१ महिना अगाडी न्युज डेस्क

सुनको मूल्य तोलामा १७ सयले वृद्धि

८ जेठ, काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले बढेको हो।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रति तोला १ लाख ९१ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ, जुन अघिल्लो दिनको १ लाख ८९ हजार ८ सय रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?