११ जेठ, काठमाडौं । कालीमाटी बजारमा जुनार र हरियो अंगुरको मूल्य वृद्धि भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार, आइतबार दुवै फलफूलको थोक मूल्य प्रतिकिलो ३६ रुपैयाँले बढेको हो। शनिबार प्रतिकिलो १९० रुपैयाँमा बिक्री भएको जुनार र अंगुर आज २२६ रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।