एजेंसी ९ बैशाख –बिश्वभर माहामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड-१९) ले भारतमा सङ्क्रमितको सङ्ख्या साढे १८ हजार नाघेको छ । अहिलेसम्म १८ हजार ६ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोना सङ्क्रमणबाट सबभन्दा धेरै प्रभावित राज्य महाराष्ट्र हो जहाँ अहिलेसम्म ४ हजार ६ सय ६६ जना सङ्क्रमित भएका छन् भने २ सय ३२ जनाको ज्यान गइसकेको छ ।
यस्तै सबभन्दा कम प्रभावित राज्य मिजोरम र अरुणाचल प्रदेश हुन् जहाँ एक/एक जना सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार ३ हजार २ सय ५१ जना सङ्क्रमित निको भएका छन् भने ५ सय ९० जनाको ज्यान गएको छ ।