११ जेठ, काठमाडौं । नख्खु कारागारबाट रिहा भएका युनुस अन्सारीलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ।
नक्कली भारतीय नोट कारोबारको मुद्दामा दोषी ठहरिएर सजाय काटिरहेका अन्सारी शनिबार साँझ जेलमुक्त भएका थिए। उनी जेलबाट निस्कनासाथ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको हो।
आज (आइतबार) उनलाई अदालतमा उपस्थित गराइएको थियो। त्यसपछि सीआईबीको माग अनुसार अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको सीआईबीका एसएसपी होमिन्द्र बोगटीले जानकारी दिए।