प्रोफाइल;तस्बीर
रौतहट ९ बैशाख-लकडाउनको मौक़ा छोपी तस्करी गर्नको लागी लुकाई छिपाई राखिएको लागू औषध बरामद गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटले लकडाउनको मौका छोप्दै तस्करी गरेर लुकाइछिपाई राखेको साढे नौ किलोग्राम गाँजा बरामर गरेकाे छ।
रौतहट जिल्लाको गुजरा नगरपालिका नगरपालिकाको सिम्री र भेसडवाको बीचमा सशस्त्र प्रहरीले आइतवार साँझ बेवारिसे अवस्थामा सो परिमाणको लागुऔषध गाँजा बरामद गरेको र आज (मंगलबार) सार्बजनिक गरेको छ ।
गुजरा नगरपालिका वडा नम्वर ४ जैगलसहिया स्थित लालबकैया पारी सिम्रीबाट भसेडवा तर्फ आउदै गरेको नम्वर नखुलेको मोटरसाइकलमा बसेका दुई जना व्यक्तिले गस्तीमा रहेका सशस्त्र प्रहरीलाई देखेपछि सो गाँजा फालेर भएको प्रहरीले जनाएको छ ।
जंगलसहियास्थित सशस्त्र क्याम्पका सशस्त्र प्रहरी सहायक निरीक्षक सुरेश यादवका अनुसार बरामद भएको गाँजालाई गणमा आवश्यक अनुसन्धान पछि कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको बताउनु भयो ।