काठमाडौं।
युवा संघ नेपालको निर्वाचनको नतिजा तीन घण्टाभित्र सार्वजनिक हुने अनुमान गरिएको छ। निर्वाचन अधिकृत चिरञ्जीवी पोखरेलले मतदान सम्पन्न भएको केही घण्टाभित्रै परिणाम आउने जानकारी दिएका हुन्।
यो निर्वाचनमा कूल १,७६४ प्रतिनिधि मतदाताले मतदान गरेका छन्।
अध्यक्ष पदका लागि क्षितिज थेबे र सुमन पुरीबीच प्रतिस्पर्धा भइरहेको छ। थेबे निवर्तमान अध्यक्ष हुन् भने पुरी निवर्तमान महासचिव। दुवै उम्मेदवार आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा छन्।