महोत्तरीमा घाँटी थिचेर देवरको हत्या अभियोगमा भाउजू जेल चलान

५ years अगाडी teraibulletin

महोत्तरीमा घाँटी थिचेर देवरको हत्या अभियोगमा भाउजू जेल चलान

धर्मेन्द्र कुमार यादव, महोत्तरी-
तराइ खबर समाचारदाता, महोत्तरीमा घाँटी थिचेर देवरको हत्या गरेको अभियोगमा भाउजूलाई जेल चलान गरिएको छ । जिल्ला अदालत महोत्तरीको आदेशमा सम्सी गाउँपालिका २ बस्ने रकिवुल अन्सारीकी पत्नी २८ वर्षीया सगिरा खातुनलाई मंगलबार जेल चलान गरिएको हो।

पति विदेश रहेको अवस्थामा अनैतिक सम्बन्ध राखेकै बेला आपत्तिजनक अवस्थामा देवरले देखे पछी भाउजुले प्रेमीसँग मिलेर उनको हत्या गरेको अभियोगमा उनलाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षको लागि जलेश्वर कारागर चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सगिराले प्रेमीसँग मिलेर गत चैत ९ गते देवर १३ वर्षीय मजिबुको घाँटी थिचेर हत्या गरी शव घर नजिकै गाड्न लगिरहेका अवस्थामा स्थानीयवासी सदिक मोमिनले घटनाबारे जानकारी गराएपछि प्रहरीले शव नियन्त्रणमा लिएको थियो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?