ललितपुर । ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास आज शुक्रबार प्रधानमन्त्री केपी ओली र उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले उद्घाटन गरेका छन् । दुई वर्षभित्र निर्माण काम सम्पन्न गर्नुपर्ने ओभरपास पटक पटक म्याद थप साथै डिजाइन नै परिवर्तन गरी अहिले उद्घाटन भएको हो ।