जनताको पक्षमा इमानदार भएर काम गर्दा कोही भाग्नुपर्ने स्थिति आउँदैन: सुनिल शर्मा

१ हप्ता अगाडी न्युज डेस्क

जनताको पक्षमा इमानदार भएर काम गर्दा कोही भाग्नुपर्ने स्थिति आउँदैन: सुनिल शर्मा

मोरङ । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जनताको पक्षमा इमानदार भएर काम गर्दा कोही भाग्नुपर्ने स्थिति नआउने बताएका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित गोहिहोली खोलामा निर्माण हुन लागेको पुल शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जनताको पक्षमा काम गर्दा खादा, माला, प्रेम, सहानुभूति र सद्भाव पाइने र जल्नुपर्ने, भाग्नुपर्ने, जनताबाट डराउनुपर्ने स्थिति स्थिति नआउने बताए । देशका १ सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये मोरङको क्षेत्र नम्बर ३ रोलमोडल क्षेत्र भएको उनको दाबी छ ।

कुनै समय अमेरिकन, ब्रिटिश, युरोपियन, भारतीय अध्ययनकर्ताहरूको अनुसन्धानको केन्द्र बन्ने विश्वास व्यक्त उनले व्यक्त गरे । मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित गोहिहोली खोलामा निर्माण हुन लागेको पुल शिलान्यास गरिएको हो ।

कार्यक्रममा प्रदेशसभा सदस्य गीता तिम्सिना, प्रदेश सांसद मानवबहादुर लिम्बू, पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्वापो, उपमेयर, वडाध्यक्ष तथा अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
स्थानीयकाअनुसार गोहीहोली खोलामा पुल नहुँदा यहाँको जनजीवन लामो समयदेखि प्रभावित हुँदै आएको थियो । वर्षा याममा आवत–जावत जोखिमपूर्ण मात्र नभई स्वास्थ्य उपचार, शिक्षा, व्यापार–व्यवसाय र दैनिक क्रियाकलापमै बाधा पर्ने समस्या थियो । पिपलचोकलाई किरात चोकसँग जोड्ने सो पुल ७ करोड ८३ लाख ७५ हजार रुपैयाँमा निर्माण हुने भएको छ ।
तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?