१५ औँ दिनमा खुल्यो कटहरिया नगरपालिकाको ताला

१ हप्ता अगाडी न्युज डेस्क

१५ औँ दिनमा खुल्यो कटहरिया नगरपालिकाको ताला

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा करार र दैनिक ज्यालादारी कर्मचारीहरूले बक्यौता तलब–भत्ता भुक्तानीको माग गर्दै गरेको तालाबन्दी  १५ औँ दिनमा खुलेको छ ।

मेयर अजय प्रकाश जैसवालले समस्या समाधानमा लागि कुनै वास्ता नगरेको भन्दै ९ वटै वडाअध्यक्षहरु र कार्यपालिका सदस्यहरूले तलब निकासा नभए पुनः तालाबन्दी गर्ने सर्तमा सोमवार साँझ ताला खुलाइएको वडाअध्यक्ष चन्दन कुशवाहाले बताए।

बैठकमा सहभागी कार्यपालिका सदस्य मनोज कुमार जैसवालले तत्काल मेयरले बसाउने बैठकमा  कुनै पनि प्रस्तावमा हस्ताक्षर नगर्ने सम्पूर्ण वडा अध्यक्ष र नगर कार्यपालिकाबिच सहमति भएको बताए।

नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत  आएपछि पहिलो प्राथमिकतामा कर्मचारीहरूको तलब निकासा गर्ने सहमति भएको छ ।
तालाबन्दीका कारण दुईसातादेखि नगरपालिकाका अत्यावश्यक सेवा  नागरिकता सिफारिस, सामाजिक सेवा, राजस्व संकलन लगायतका नियमित कामकाजहरू अवरुद्ध भएकोमा आजदेखि सुचारु भएको छ ।
तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?