कटहरियामा दुई दिनभित्र दुई किशोरीद्वारा आत्महत्या

७ दिन अगाडी न्युज डेस्क

कटहरियामा दुई दिनभित्र दुई किशोरीद्वारा आत्महत्या

रौतहट । रौतहटको कटहरिया नगरपालिका क्षेत्रमा दुई दिनभित्रै  दुईजना किशोरीले आत्महत्या गरेका छन् ।

बुधबार दिउँसो सवा २ बजे कटहरिया नगरपालिका–८  बलुवा टोल निवासी रामेश्वर राय यादवकी १८ वर्षीया अविवाहित छोरी रञ्जिता   कुमारी यादवले आफ्नै घरको छाना मुनिको  धरैनमा प्लास्टिकको डोरी प्रयोग गरी झुण्डिएर आत्महत्या गरेकी थिइन्। घटनाबारे सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। घटनास्थल पुग्दा झुण्डिएको अवस्थामा रहेकी रञ्जिता मृत फेला परेको सई पौडेलले जानकारी दिएका छन्।

यसअघि  मंगलबार साँझ कटहरिया नगरपालिका–५ का जयमङ्गल पासवानकी १७ वर्षीया छोरी छोटी पासवानले पनि घरभित्र सलको पासो लगाई आत्महत्या गरेकी थिइन्। सो समय घरमा अन्य कोही नभएको बताइएको छ।

दुवै घटनाको कारण खुल्न बाँकी रहेको र प्रहरीले थप अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ। लगातार दुई किशोरीले आत्महत्या गरेको घटनाले स्थानीयवासीहरूमा चिन्ता फैलिएको छ।
तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?