कोरोना भाइरस जनावरबाट मानिसमा सरेको तर चीनले बनाएको कुरा असत्य रहेको विश्व स्वास्थ्य सङ्गठनको दाबी

५ years अगाडी teraibulletin

कोरोना भाइरस जनावरबाट मानिसमा सरेको तर चीनले बनाएको कुरा असत्य रहेको विश्व स्वास्थ्य सङ्गठनको दाबी

एजेंसी १० बैशाख –बिश्व महामरीको रुपमा नै फैलिएको कोरोना भाइरसलाइ चीनले आफ्नो प्रयोग समाला बनाएको कुरा सबै तीर उठिरहेको बेला विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस  (कोभिड१९) को सङ्क्रमण जनावरबाट नै मानिसमा सरेको दाबी गरेको छ ।

 

चीनको प्रयोगशालामा कोरोना भाइरस बनाइएको भन्ने कुरामा कुनै आधार नभएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमण जनावरबाट नै मानिसमा सरेको दाबी गरेको छ।

 

विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता फडेला चैबले जनावरबाट मानिसमा कोरोना सङ्क्रमण सरेको भए पनि अहिलेसम्म कसरी सरेको हो भन्ने बारेमा स्पष्ट भई नसकेको बताउनुभयो।

 

गएको हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको वुहानको एउटा प्रयोगशालामा बनाएको दाबी गर्नु भएको थियो ।  चार महिनाअघि वुहानमा पहिलो पटक कोरोनाको सङ्क्रमण भेटिएको थियो । तर कोरोना भाइरस प्रयोगशालामा बनाइएको भन्ने कुराको आधार कतै पनि नभएको प्रवक्ता चैबको भनाइ छ ।

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?