हावाहुरी संगै आएको पानीले गर्दा पर्सामा एक अर्ब ३२ करोड़को क्षति भएको कृषि ज्ञान केन्द्र पर्साको अनुमान।

५ years अगाडी teraibulletin

हावाहुरी संगै आएको पानीले गर्दा पर्सामा एक अर्ब ३२ करोड़को क्षति भएको कृषि ज्ञान केन्द्र पर्साको अनुमान।

प्रोफाइल:तस्बीर

पर्सा,श्रीनारायण-महतो १० बैशाख –अस्ति सोमबार र हिजो मंगलबार पर्सामा आएको असिना र हावाहुरीले करिब एक अर्ब ३२ करोड रुपैयाँको क्षति गरेको आँकलन गरिएको छ। हावाहुरीले कुल ३२ हजार ५०० हेक्टरमा लगाइएको गहुँ, मकै, तरकारी र आँपमध्ये सात हजार २२१ हेक्टर जमिनमा लगाइएको खेतीमा क्षति गरेको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

पर्साका १४ स्थानीयको प्रारम्भिक अध्ययनअनुसार करिब सात हजार २२१ हेक्टरको बाली नष्ट भएको अनुमान गरिएको छ। सबै स्थानीय तहहरुको विपत् व्यवस्थापन समितिलाई भनिसकिएकोले ठोस् आँकडा पनि छिट्टै संकलन हुने कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले बताउनुभयो।

अहिलेको समष्टिगत विवरणअनुसार प्रतिहेक्टर, गहुँ, मकै, तरकारी र आँपको गणना गर्दा उक्त मूल्य बराबरको क्षति भएको आकलन गरिएको उहाले बताउनुभयो। त्यसमध्ये गहुँ २६ हजार हेक्टर, मकै चार हजार हेक्टर, तरकारी दुई हजार हेक्टर र आँप ५०० हेक्टर गरी कुल ३२ हजार ५०० हेक्टरमा खेती भएको हो। तर, बाली उठाउने समय हुन लाग्दै गर्दा आएको प्रत्यासित हावाहुरी र असिना पानीले ठूलो क्षति पुर्‍याएको उहाले बताउनु भएको छ ।

यसमध्ये गहुँ ६ हजार ३५० हेक्टर, तरकारी ५३० हेक्टर, मकै १९८ हेक्टर र आँप १४३ हेक्टर गरी सात हजार २२१ हेक्टरमा क्षति पुगेको अनुमान गरिएको प्रमुख डा. यादवले बताउनुभयो।

 

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?