बिहार विधानसभा चुनाव 2025 : एनडीएको प्रचण्ड विजय, महागठबन्धन ३५ सिटमै सीमित

५ दिन अगाडी न्युज डेस्क

बिहार विधानसभा चुनाव 2025 : एनडीएको प्रचण्ड विजय, महागठबन्धन ३५ सिटमै सीमित

पटना। बिहार विधानसभा चुनाव 2025 का अन्तिम नतिजा सार्वजनिक भएको छ, जसअनुसार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (NDA) ले भारी बहुमतसहित सरकार गठन गर्ने संकेत स्पष्ट भएको छ। कुल २४३ सिटमध्ये एनडीएले २०२ सिट जित्दै सहज बहुमत (१२२) पार गरेको छ। विपक्षी महागठबन्धन (MGB) ३५ सिटमा सीमित रह्यो भने अन्य दलहरूले ६ सिट जितेका छन्।

एनडीएको यो नतिजाले प्रधानमन्त्री नरेन्द्र मोदी र बिहारका प्रमुख नेता नितीश कुमार नेतृत्वप्रति मतदाताको उच्च भरोसा स्पष्ट देखाएको विश्लेषकहरूको भनाइ छ। चुनावपूर्वका अनुमानहरूलाई पछाडि पार्दै एनडीएले राज्यको राजनीतिक समीकरणलाई पूर्ण रूपमा आफ्नो पक्षमा मोड्न सफल भएको छ।

विपक्षी पक्षमा रहेर चुनाव लडेका तेजस्वी यादव–चिराग पासवान समूह नेतृत्वको महागठबन्धनको प्रदर्शन भने अपेक्षाकृत कमजोर रह्यो। मतदाताले नेतृत्व, शासन क्षमता र स्थिरताका आधारमा गठबन्धनहरूलाई स्पष्ट रूपमा छुट्याएको टिप्पणी धेरै राजनीतिक विश्लेषकहरूले गरेका छन्।

अन्य दलहरू, विशेषगरी एआईएमआईएम र क्षेत्रीय राजनीतिक समूहहरूले पनि केही सिट हात पारेर आफ्नो उपस्थिति कायम राखेका छन्।

अन्तिम परिणामसँगै अब बिहारमा नयाँ सरकार गठन प्रक्रिया तीव्र गतिमा अघि बढ्ने संकेत देखिएको छ। राजनीतिक स्थिरता तथा विकासको एजेन्डामा आधारित नयाँ नीतिहरूले आगामी पाँच वर्षमा राज्यको दिशा कस्तो रहनेछ भन्नेप्रति जनचासो बढेको छ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?