यूएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईको अध्यक्षमा भीम मल्ल ठकुरी चयन भएका छन्। यसअघि उनी उपाध्यक्ष थिए ।
कार्यसमितिको महासचिवमा कुमार श्रेष्ठ, उपाध्यक्षमा रुद्र थापा, सुरिन भुजेल, सचिवमा केशव खड्का, सविन तामाङ, कोषाध्यक्षमा नवराज ढुंगाना, सहकोषाध्यक्षमा अलिना श्रेष्ठ तथा सदस्यमा विजय श्रेष्ठ चयन भएका छन् ।
अध्यक्ष चयन भएपछि ठकुरीले आफूलाई विश्वास गरेर नेतृत्वको जिम्मेवारी दिएकामा सम्पूर्ण नेपाली समुदाय तथा एनआरएनए अभियन्ताप्रति आभार व्यक्त गरे । उनले भने, “मलाई दिएको यो जिम्मेवारी सम्मान मात्र होइन, ठुलो उत्तरदायित्व पनि हो। म यूएईमा रहेका नेपाली कामदार, व्यवसायी तथा सम्पूर्ण समुदायका लागि इमानदारी र प्रतिबद्धतापूर्वक काम गर्नेछु।”
ठकुरीले एनआरएनएमार्फत संगठन विस्तार, श्रम–सम्बन्धी सहयोग, समुदायिक समस्या समाधान र नेपाली अभियन्ताहरूबिचको समन्वयमा अग्रणी भूमिका निभाइरहेका छन्।



