दुर्गा प्रसाईं नेतृत्वको समूहसँग वार्ता : विरोधका सबै कार्यक्रम फिर्ता

३ हप्ता अगाडी न्युज डेस्क

दुर्गा प्रसाईं नेतृत्वको समूहसँग वार्ता : विरोधका सबै कार्यक्रम फिर्ता

सरकार र दुर्गा प्रसाईं नेतृत्वको समूहबीच वार्तापछि विरोधका सबै कार्यक्रम फिर्ता भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता भएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको वार्तापछि समूहले विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको जनाएको छ । सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र समूहको तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गर्नुभएको छ ।

उनीहरुले वार्तामा उठाएका २७ बुँदे मागका सन्दर्भमा विस्तृत छलफल भएको र निरन्तर छलफल, वार्ता तथा सहजीकरण गर्दै जाने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?