तस्बीर:अन्नपूर्ण
पर्सा,श्रीनारायण-महतो १० बैशाख-राहत नपाएको भन्दै गाउपालिका कार्यालय घेराऊ गर्न पुगेका बिपन्न बर्ग,दलित,एकल महिला तथा असहाय नागरीक र सशस्त्र प्रहरीबिच आज(बुद्धबार) झडप भएको छ । लकडाउनले गर्दा आफुहरू प्रभाबित भएको र राहत बितरणमा गरिकोले आक्रोशित लक्षित समुदायले ३ सयको संख्यामा आज(बुद्धबार पर्साको जिराभवानी गाउपालिका घेराउ जादा झडप भएको हो ।
प्रभाबित लक्षित बर्गले त्याहाको स्तिथिलाइ आक्रान बाएपछि त्यही क्रममा सशस्त्र प्रहरीले भिड हटाउन लाठी चार्ज गर्न थालेपछि स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको प्रत्यक्ष दिएको स्थानीय बासिले बताएका छन । प्रहरी र पीड़ित नागरिक बिच भएको झडपमा परी एक संचारकर्मीसहित ८ स्थानीय घाइते भएका छन ।झडपका क्रममा स्थानीयले प्रहार गरेको ढुंगाले लागेर नारायणी एफएमका संवाददाता कृष्ण मोहन साह घाइते भएका हुन भएको । साहको टाउको फुटेको छ।
संचारकर्मी साह सहित सबै घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको बताइएको छ ।बिश्वभरी माहामारीको रुपमा नै फैलिएको कोरोना भाइरसबाट बच्नको लागी सरकारले गरेको लकडाउनको १ महिना पुगि सक्दा पनि जीराभवानी गाउँपालिकाले कुनै पनि वडामा राहत वितरण नगरेकोले लकडाउनबाट प्रभाबित भएका स्थानीय लक्षित बर्ग आक्रोशित भएका छन l
आक्रोश्मा गाउपालिका कार्यालय घेराउ गर्न पुगेका जनताले दूँगामूढा गर्न ठाले पछि सशस्त्र प्रहरीले रोकन खोजदा झडप हुन पुगेको जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा देवी थरुनीले जानकारी दिनुभयो । लकडाउनका कारणले प्रभावितका लागि राहत वितरणका लागि प्रदेश सरकारले गाउँपालिकामा १० लाख रुपैयाँ पठाएको छ। तर प्रदेश सरकारबाट आएको १० लाख रुपैयाले अपुग भएपछि रकम थप गर्ने विषयमा प्रकृयामा लाग्दा राहत वितरणमा ढिला हुन पुगेको उपाध्यक्ष थरुनीको भनाई रहेको छ ।
वीरगन्जबाट सामानसहित हिँडेको गाडी बाटोमै रहदा गाउँपालिकामा दुखद घटना भयो बताउदै उहाले आज (बुधबार)साँझसम्म राहतका सबै सामान आइ पुग्ने र भोली (बिहिबार) देखि सबै वडामा राहत वितरण गर्ने बताउनुभयो ।