पर्सा,श्रीनारायण-महतो ११ बैशाख –मुस्लिम आयोगले भ्रमको खेती गरिरहेको हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले आरोप लगाउनु भएको छ । अध्यक्ष पटेल संचारकर्मीहरु संग कुराकानी गर्दै, मुस्लिम आयोग आफै धामी र आफै झाकरीको कार्य गरी रहेको छ ।
मदरसा र महजिदको निगरानी आयोगले गर्ने कार्यले आफैमा शंका जन्माएको छ, उनले भने, जमातीहरु मदरसा र महजिद मैं रहेको सबैलाई जानकारी हुदाँ हुदै पनि पत्रकार सम्मेलन गरी आयोग सरासर झूठ बोलेको प्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ । आयोगले नेपाल सरकारको अधिकार लाई गलत दुरुपयोग गरेको उहाले बताउनुभयो ।
नेपाल बाहिर बाट आएको जमाती वा मुस्लिम अगुवाहरुको सुचना लुकाउनु र मदरसा, महजिदको निगरानी आयोग गर्ने भन्नु कार्यले नै शंका जन्माएको उहाले बताउनुभयो । आयोग प्रति गम्भिर भएर केन्द्र सरकार र गृह मंत्रालयले निगरानी गर्नु पर्छ ।नेपालमा रहेको सम्पूर्ण जमाती वा मुस्लिम धर्मगुरु र संरक्षण गर्ने ब्यक्तिलाई अबिलम्ब छानबीनको दायरामा राख्न माँग समेत गर्नु भयो ।
देशको बिभिन कालखण्डमा हिन्दू समाज माथि मुस्लिम समुदायले आक्रमण गरेको दर्जनौ उदाहरण रहेको स्मरण गराउँदै उनले भने, केहि मुस्लिम अगुवाहरुको डिजाइनमा हिन्दू समाज लाई नै बदनाम गर्ने कार्य भई रहेको यसलाई तुरुन्त रोक्नु पर्छ । आयोगका अध्यक्ष समीम मियाँ अंसारीको अध्यक्षतामा आईतबार बसेको सर्वपक्षिय मुस्लिम अगुवाहरुको बैठकले सात सदस्यीय समिति गठन गरीको छ।