दुईपटक प्रत्यक्ष निर्वाचित प्रदेश सांसद थापा एमाले महाधिवेशन प्रतिनिधिमा पराजित

२ हप्ता अगाडी न्युज डेस्क

दुईपटक प्रत्यक्ष निर्वाचित प्रदेश सांसद थापा एमाले महाधिवेशन प्रतिनिधिमा पराजित

१६ मंसिर, जनकपुरधाम । नेकपा एमालको एघारौं महाधिवेशन प्रतिनिधि चयनका लागि महोत्तरी क्षेत्र नम्बर १ मा भएको मतदानमा संस्थापन पक्ष निर्वाचित भएको छ ।

१० जना महाधिवेशन प्रतिनिधि छनोटका लागि सोमबार भएको मतदानमा ९ जना संस्थापन पक्षका विजयी भएको एक नेताले बताए ।

सो मतदानमा इतर पक्षले पराजय बेहोरेको छ । महोत्तरी क्षेत्र नं. १ (क)बाट दुईपटक प्रत्यक्ष निर्वाचित प्रदेश सांसद शारदा देवी थापा समेत महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । उनी ३ मत अन्तरले पराजित भएकी हुन् ।

प्रदेश सांसद थापाले इतर पक्षको नेतृत्व गरेकी थिइन् ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?