बीरगंजमा कोरोना भएको ब्यक्तिबाट समुदायमा नसरेको पुष्टि

५ years अगाडी teraibulletin

बीरगंजमा कोरोना भएको ब्यक्तिबाट समुदायमा नसरेको पुष्टि

 

पर्सा १२ बैशाख –वीरगंजमा २ सय ३० जना भन्दा बढीमा गरिएको पिसिआर परिक्षण र ४ हजार बढीमा भएको ¥यापिड डाईनोष्टिक टेष्ट आरडिटी परिक्षणबाट संक्रमित व्यक्तिबाट कोरोना समुदायमा सर्न नसकेको प्रमाणित भएको छ । विगतमा त्रसित बनेको वीरगंजको जनजीवन परिक्षण पछि कोरोना संक्रमण समुदायमा नफैलिएको पुष्टि भएसँगै राहतको अनुभूति भएको छ ।

 

वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मक्की मस्जिद र घुसुकपुर स्थित मस्जिदमा रहेका ३ जना सहित वीरगंजको नयाँबस पार्कमा चिया पसल संचालन गर्ने एक महिलामा कोरोना संक्रमण देखिएपछि उनिहरुबाट समुदायमा कोरोना संक्रमण फैलिन सक्ने आशंकामा छपकैया एरिया संगै नयाँ बसपार्क क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणहरुको पिसिआर परिक्षण ¥यापिड डाईनोष्टिक टेष्ट आरडिटी परिक्षण गरिएकोमा एक जनालाई पनि पोजेटिभ नदेखिएपछि संक्रमण व्यक्तिबाट समुदायमा नपुगेको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनु भयो ।

 

छपकैयाको मस्जिदमा बसेका ३ जना जमाति र हाल कैलाली पुगेकी वीरगंजमा चिया पसल संचालन गर्ने महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको ११ दिन भइसकेको र उनीहरूको सम्पर्कमा रहेकाहरूलाई खोजेर थ्रोट स्वाब परीक्षण तथा समुदाय स्तरमा ¥यापिड डायग्नोस्टिक टेष्ट गरिएकोमा हाल सम्म एक जनालाई पनि संक्रमण नभेटिएको डा.उपाध्यायले बताउनु भयो ।

 

छपकैयाको मदरसामा रहेका भारतीय जमातिहरु कहाँबाट संक्रमित भए भन्ने कुरा नखुलेपनि उनिबाट छपकैया आसपासको क्षेत्रमा समुदाय स्तरमा संक्रमण नपुगेको २ सय ३० जनाको पिसिआर परिक्षण र ४ हजार भन्दा बढीको ¥यापीड डाईनोष्टीक टेष्टले प्रमाणित गरेको उपाध्यायले बताउनु भयो ।

 

बीरगंजका ४ जनामा कोरोना भाईरसको संक्रमण देखिएपछि त्रसित बनेको बीरगंजको जनजीवन अहिले समुदाय स्तरमा कोरोनाको संक्रमण नभेटिएसँगै जनजीवनमा राहत भएको हरिखेतान बहुमुखी क्याम्पसका प्रमुख एवं नागरिक समाजका अगुवा डा.भगवान यादवले बताउनु भयो ।

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?