वीरगञ्ज १२ बैशाख समाज –प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले पर्सा जिल्लाको जिराभवानी र पटेर्वा सुगौली गाउँपालिकामा विपन्न परिवारलाई तत्काल राहत वितरण गर्न पर्साका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक विष्णु कुमार कार्की लाई निर्देशन दिनुभएको छ ।
जिराभवानी र पटेर्वा सुगौली गाउँपालिकाका विपन्न समुदायले राहत नपाएको गुनासो मुख्यमन्त्री समक्ष गरेपछि आज पर्साका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले प्रत्येक गाउँपालिकामा राहत वितरणका लागि १०–१० लाख रुपैया पठाई सकेको र स्थानीय सरकारले समेत राहत वितरण गर्नु पर्नेमा नगरेको बुझिएको हुँदा किन नभएको हो, तत्काल राहत वितरणको व्यवस्था मिलाउनका लागि मुख्यमन्त्रीले निर्देशन दिनु भएको छ ।
मुख्यमन्त्री राउतले आज रेडियो नेपालसँग कुरागर्दै विपद्को बेला विपन्न वर्गलाई सहयोग नगर्ने गाउँपालिकाका जनप्रतिनिधिलाई के कारणले ढिलाई भएको हो, विवरण खुलाई तत्काल राहत वितरण गर्नका लागि आफूले प्रमुख जिल्ला अधिकारी मार्फत स्थानिय तहलाई निर्देशन दिएको बताउनु भयो ।