- नरेन्द्र महताे तराइ खबर समाचारदाता गाैशाला-
महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न ४ मा राहत वितरणमा म्याद गुजरीएका खाने तेलकाे नाममा डल्टा बितरण गरेका राहत लिने स्थानिय देवनारायण पासमानले जनाएका छन ।
सरकारले दिएकाे रकम वडा अध्यक्ष राम बाबू साहले म्याद गुजरीएकाे खध्यान खरीद गरेर गरीवहरुमा बितरण गरेका थिए त्यहि खध्यान तथा पाम तेल खाँदा विरामी परेर अस्पतालमा भर्ना भएकामा उनिहरु नगरपालिका विरुध अाक्राेसित भएका छन ।तर खध्यान सामाग्रि अाफु खरीद नगरे खरीद समितिकाे जिम्मा दिएकाेले दुई काटुन म्याद गुजरीएकाे समान दिएकाे कारण याे घटना हुन पुगेकाे वडा न :४ का वडा अध्यक्ष राम बाबू साहले स्वीकार गरेका छन ।
यसकाे लागि अनुसान्धान शुरु भईसकेकाे हुनाले कसकाे गल्तिले म्याद गुजरेकाे समान अाएकाे हाे त्याे पत्ता लगाएर कर्वाईकाे प्रक्रिया अगाडि बढाउने साहले विश्वास दिलाए । समान धेरै भएकाेले व्यापारीले पनि यस्ताे गर्न सक्छन साहले शंका व्यक्त गरे ।