आन्तरिक राजश्व कार्यालय हटाएको विरोधमा राजविराजमा रिले अनशन

१० मिनेटutes अगाडी न्युज डेस्क

आन्तरिक राजश्व कार्यालय हटाएको विरोधमा राजविराजमा रिले अनशन

सप्तरी । सरकारले राजविराजमा रहेको आन्तरिक राजश्व कार्यालय हटाएपछि स्थानीयहरु रिले अनशनमा बसेका छन् । सरकारको निर्णयविरुद्ध स्थानिय जनप्रतिनिधि, व्यवसायी र राजनितिक दलका नेताहरुले रिले अनशन सुरु गरेका हुन् ।

राजविराजस्थित गजेन्द्रचोकमा शुक्रबारदेखि शुरु भएको अनशन सोमबार पनि जारी छ । ७२ हजारभन्दा बढी करदाता रहेको र १ अर्ब १० करोड रुपैयाँभन्दा बढी राजश्व संकलन हुने राजश्व कार्यालय जिल्लाबाट हटाउनु आपत्तिजनक भएको सरोकारवालाहरुको भनाइ छ । जेनजी विद्रोहवाट बनेको सरकारले सप्तरीका जनतामाथी अन्याय गरेको उनीहरुको आरोप छ ।

सरकारले आफ्ना माग पूरा नगरे पूर्वपश्चिम राजमार्ग नै ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन् । कर कार्यालय पुनर्स्थापना तथा स्तरोन्नतिको माग गर्दै शुरु भएको रिले अनसनमा जिल्लाको सबैजसो राजनीतिक नेतृत्व, जनप्रतिनिधि, नागरिक समाज सबै रिले अनसनमा सहभागी भएका छन् ।

सोमबारको रिले अनसनमा नेपाली कांग्रेसका नेता एवं संविधान सभा सदस्य रञ्जित कर्ण, महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापति, पदाधिकारी तथा सदस्यहरू सहभागी छन् । सरकारले देशभरका ३६ वटा करदाता सेवा कार्यालय खारेज वा संरचना परिवर्तन गर्ने नीतिगत निर्णय गरेको छ । गत कात्तिकमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार राजविराजको कार्यालय पनि हटाइएको हो ।   –न्युज एजेन्सी नेपाल

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?