मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिने !

२ घन्टा अगाडी न्युज डेस्क

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिने !

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिने भन्दै प्रदेश सभामा पत्र पठाएका छन् ।

मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे विश्वासको मत लिने भन्दै व्यवस्था मिलाईदिन मधेस प्रदेशसभालाई अनुरोध गरेका हुन् । मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम विश्वासको मत लिने भन्दै बुधबार पत्र पठाएका हुन् ।

मंसिर १९ मा ६ दलको ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा नेपाली कांग्रेसका संसदीय दलका नेता यादव नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

संविधानमा व्यवस्था भए अनुसार नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने भएकाले आगामी शुक्रबार मुख्यमन्त्री विश्वासको मत लिन लागेका हुन् ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?