तराइ खबर समाचारदाता- काठमाण्डौ,
बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस का कारन
नेपालमा सरकारले लकडाउन लाई कसरी अघि बढाउने भन्ने बारेमा आज निर्णय गर्ने भएको छ ।
तेस्रो पल्ट थप गरिएको लकडाउनको समय वैशाख १५ गते सोमबार रातिदेखि सकिने भएकाले लकडाउन कसरी अगाडि बढाउने भन्नेबारेमा आज निर्णय हुन लागेको हो। त्यसका लागि उप प्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठक आज बस्दैछ ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले समितिलाई लकडाउनबारे निर्णय गर्न जिम्मा दिएपछि बिहान ११ बजे बैठक बस्ने तय भएको समितिले जनाएको छ ।
झापाका एक पुरुषमा शुक्रबार कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको छ भने ११ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।