नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक विजयी

१७ घन्टा अगाडी न्युज डेस्क

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक विजयी

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । ओलीले १ हजार ६६३ मत र अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गर्नुभएको छ ।

केपी शर्मा ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ काठमाण्डाैमा २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनमा माधव नेपाललाई ४४ मतले पराजित गर्दै पहिलो पटक अध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यसपछि २०७८ सालमा चितवनमा भएकाे सौरहा महाधिवेशनबाट उहाँ दोस्रो पटक अध्यक्ष चुनिनुभयो । २०६५ सालमा काठमाण्डाैमा आयोजित आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित हुनुभएको थियो ।

पूर्वमहासचिवसमेत रहनुभएका ईश्वर पोखरेलले भने अध्यक्ष पदका लागि पहिलो पटक प्रतिस्पर्धा गर्नुभएको हो ।

यस्तै एमाले महासचिवमा शङ्कर पोखरेल निर्वाचित हुनुभएको छ । उहाँ यसअघि पनि महासचिव हुनुहुन्थ्यो । पोखरेलले १ हजार २ सय २८ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९ सय ९९ मत प्राप्त गर्नुभएको छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?