विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री

४४ सेकेण्डonds अगाडी न्युज डेस्क

विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री

४ पुस, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।

प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाका अनुसार दिउँसो ४ बजे प्रदेश सभाको बैठक बस्दैछ । बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत माग्ने कार्यक्रम छ ।

यादव गत मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री भएको १५ दिनपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?