बीरगंजमा उपचाररत चार जना संक्रमितको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आज डिस्चार्ज गर्ने अस्पतालको तयारी

५ years अगाडी teraibulletin

बीरगंजमा उपचाररत  चार जना संक्रमितको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आज डिस्चार्ज गर्ने अस्पतालको तयारी

 पर्सा १३ बैशाख-वीरगञ्ज स्थित नारायणी अस्पतालका चार जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको छ।  छपकैयाको जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक गरी चार जनाको पीसीआर परीक्षणको चौथो रपोर्ट नेगेटिभ आएको होपीसीआर परीक्षणका लागि चार जना संक्रमितको स्वाबको नमूना संकलन गरी शुक्रबार हेटौंडा स्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो।शनिबार साँझ रिपोर्ट नेगेटिभ आएको हो।

चारै जनाको चौथो रिर्पोट पनि नेगेटिभ आएपछि उनीहरुलाई आज डिश्चार्ज गरिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिनुभयो  नारायणी अस्पतालमा सर्लाहीका एक संक्रमित पनि उपचाररत छन्।

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?