एका बिहान आयो दुखद खबर तनहुँको व्यास नगरपालिकामा एकै परिवारका तिन जाना मृत

५ years अगाडी teraibulletin

एका बिहान आयो दुखद खबर तनहुँको व्यास नगरपालिकामा एकै परिवारका तिन जाना मृत

 

तनहुँ १४ बैशाख-तनहुँ जिल्लाको व्यास नगरपालिका १ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् । अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया शनिबार मृत भेटिएछि यतिबेला गाउँ शोकमा डुबेको छ।

मृतक विपीनको प्रहरीले मुचुल्का तयार गरी शुक्रबार नै शव परीक्षण गरी दाह संस्कारका लागि आफन्तजनलाई जिम्मा लगाइएको थियो । उनको मृत्यु हुनु दुई दिनअघि (वैशाख १० गते) देखि नै उनका आमा र बहिनी हराएपछि उनीहरुको खोजी गरिदिन आफन्तजनले प्रहरीमा जाहेरी दिएका थिए ।

छोराको घाँटीमा डोरीले बाँधेको जस्तो दाग देखेपछि आमाले हत्या गरी फरार भएको हुनसक्ने प्रहरीले आशङ्का गरे पनि शनिबार आमा छोरी मादीसेती नदीकाे किनारमा मृत अवस्थामा भेटिएपछि प्रहरीले घटनाका बारेमा अहिल्यै केही भन्न नसकिने जनाएको छ ।

एकै परिवारका तीन जनाको मृत्युको खबरले यतिबेला गाउँ नै स्तब्ध भएको निर्मल टोल विकास संस्थाका अध्यक्ष अम्मर भण्डारीले जानकारी दिनुभयो । मृतक रवीनाका श्रीमान् हरिकृष्ण भारतीय प्रहरीबाट अवकाशपछि भारतमा नै काम गर्दै आउनुभएको छ ।यहाँ भएको घटनाबारे दाजुलाई जानकारी गराइसकिएको उहाँका भाइ मोहनकृष्णले बताउनुभयो ।

 

 

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?