नेपालमा तीन दिन मेघगर्जन, हुरीबतास र असिना सहित पानी पर्ने सम्भावना

५ years अगाडी teraibulletin

नेपालमा तीन दिन मेघगर्जन, हुरीबतास र असिना सहित पानी पर्ने सम्भावना

तराइ खबर समाचारदाता-काठमाण्डौ, –
आइतबार देखि मङ्गलबारसम्म नै देशका विभिन्न ठाउँमा मेघगर्जन, हुरीबतास र असिनासहित पानी पर्ने मौसमविदले बताएका छन ।

पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमीसँगै स्थानीय वायु र बङ्गालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले त्यसको प्रभाव देखिने भएको हो । जसका कारण आज, भोलि र पर्सि देशभरिकै मौसम सामान्य बदली भइ केही ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

यस्तै यो वर्षको मनसुनमा नेपालमा औसत वर्षा हुने पूर्वानुमान गरिएको छ । साउथ एसियन क्लाइमेट आउटलुक फोरम सास्कोफ १६ ले यो वर्षको मनसुनमा नेपालमा औसत वर्षा हुने पूर्वानुमान गरेको हो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?