प्रोफाइल तस्बीर
काठमाडौं १४ बैशाख –पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध प्रहरीमा उजुरी दिन नेताहरु काठमाडौं प्रहरी परिसर पुगेका छन् । जनता समाजवादी पार्टी, नेपालका नेता डा बाबुराम भट्टराई, उपेन्द्रलगायत उजुरी दिन आइतबार परिसर पुग्नु भएको छ ।
खनालसहित बस्नेत र श्रेष्ठमाथि तत्कालीन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अ’पहरण गरेर काठमाडौं ल्याएको आ’रोप लागेको छ । अपहरणमा परेका भनिएका यादव पनि सँगै प्रहरी परिसर पुग्नु भएको छ ।
खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याइपुर्याएका थिए ।पार्टी फुटाउने योजनासहित सांसद यादवलाई सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जबर्जस्ती बुधबार राति काठमाडौं ल्याएको समाजवादीको दाबि छ ।