लकडाउनलाइ अझै थप कडाइ गर्न गृह मन्त्रालयकाे निर्देशन

५ years अगाडी teraibulletin

लकडाउनलाइ अझै थप कडाइ गर्न गृह मन्त्रालयकाे निर्देशन

 

काठमाण्डौ १५ बैशाख-बिश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस(कोभिड-१९)को माहामारीबाट बाच्नको निमित सरकार गरेको लकडाउन’लाई थप कडाइ गर्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज (सोमबार) परिपत्र गर्दै पास नभएका कुनै पनि गाडी आवत जावतमा रोक लगाउन निर्देशन दिएको हो ।

बीच बाटोमा पुगेका र बिचल्लीमा परेका मजदुर र नागरिकको उद्धार भइसकेको भन्दै कडाइ गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो। मन्त्रालयले आज (सोमबार) देखि पास नभएका सबै प्रकारका गाडी सञ्चालनमा रोक लगाउन भनेको हो ।हुलमुलका साथ यात्रा गर्दा कोभिड–१९ सङ्क्रमण भएर थप जटिलता निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखेर निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

सरकारले लकडाउन आउँदो वैशाख २५ गतेसम्म लम्ब्याएको छ । नेपालमा अहिलेसम्म ५२ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ भने १६ जना उपचारपछि घर फर्किएका छन् । लकडाउनले नै गर्दा अहिले सम्म हाम्रो मुलुकमा त्यतीको कोरोना भाइरस नसरेको सरकारको निष्कर्ष रहेकोले यसलाइ अझै कड़ाईको साथ लागू गर्नु पर्ने गृहले सबै जिल्ला प्रसासन कार्यालयलाइ निर्देशन सहितको परीपत्र जारी गरेको छ ।

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?