विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना बिरुद्ध चौतारी नेपालले बिभिन्न संघ संस्था संग सहकार्य गरेर कार्यक्रमहरू अघि सारेको छ । भिडियो प्रविधि मार्फ़त स्वास्थ्य सम्बन्धि समस्याको लागि परामर्श सेवा प्रदान गर्न चौतारी नेपालले साझेदारी गरेको छ । ज्वरोका बिरामिले सो सेवा लीनका लागि docnepal.com मा गएर आफ्नो समय अनुसार अनलाइन बसेका चौतारी नेपाल मार्फ़त सेवारत चिकित्सक संग भिडियो मार्फ़त परामर्श गर्न सक्नेछन । कोरोनाका लक्षण देखिएका बिरामीलाई अनलाइन माध्यमबाट तथा अनुकूलता अनुसार फोन बाट समेत कसरी रोग प्रति सजग रहन सकिन्छ भनि स्वास्थ्य सल्लाह चौतारीले दिईरहेको चौतारीका बिष्णु काफ़्लेले जानकारी गराएका हुन। यो सेवा कोभीड़ १९ का बिरामीका लागि मात्र “डॉक्टर्स अन कल” को प्राविधिक सहकार्यमा तयार गरिएको हो । डा. बिशाल सुबेदी, डॉ बिबेक सिंह राठोड़ , डा. ईस्वर कार्की , डा. चंदन सिंह , डा. रबिन बस्नेत , डा. रबी चौधरी , लगायतका चिकित्सकको सहभागितामा यो सेवा उपलब्ध गराईएको छ ।
त्यसैगरी मानसिक स्वास्थ्य सम्बन्धी समेत सेवा चौतारीको अभियानको अर्को आकर्षणका रूपमा रहेको छ । चौतारी नेपालले मनोदर्शन साइकोलॉजिकल कन्सर्नसँगको साझेदारीमा मानसिक स्वास्थ्य सम्बन्धी अत्यावश्यक परामर्श सेवा संचालन गरेको छ।डॉ शिरीष आर्याल , डॉ रोबिंन झा र साइकोलॉजिस्ट दिलीप श्रेष्ठले सो सेवा फोन मार्फ़त हाल दिरहेका छन ।
स्वास्थ्य सेवा बाहेक चौतारी नेपालले कोरोना महामारीको समयमा समस्यामा परेका असहाय व्यक्तिहरुलाई राहत बितरण पनि गरेकोे छ । होप राइजिंग होमलाई बिगत दुई बर्ष देखी गर्दै आएको सहयोग अन्तर्गत कोरोना माहमारीका बेला पनि सो आश्रमलाई चामल लगायतका खाद्य सामाग्री सहयोग गरेको छ ।
विश्व नै आक्रान्त भएँको र सो बाट बच्नका लागि राज्यले लकडाउन घोषणा गरेकोेले यो समयमा नियमित तथा आकस्मिक रूपमा सेवन गर्नु पर्ने औषधी सजिलै प्राप्त नहुने भएकले सर्वसाधारणको सूबिधाको लागि औषधी सहज वितरण गर्नको लागि बर्दिबासस्थित सिटी केयर अस्पतालको सहकार्यमा चौतारी नेपालले दीर्घकालीन रोगको औषधिको होम डेलिभरिको व्यवस्था गराएको छ । सम्बन्धित व्यक्तिले बर्दिबास स्थित सिटी केयर अस्पतालमा फोन गरी वा चौतारी नेपालका अध्यक्ष डा. हूलाश अग्रवाललाई सम्पर्क गरी अत्यावस्यक औषधी माग गरेमा बिरामीलाई उपलब्ध गराउने सेवा संचालन गरिएको चौतारीका सुधीर अग्रवालले जानकारी गराए ।