पर्सा,श्रीनारायण-महतो १५ वैशाख
पर्सा प्रहरीले अबैद्ध रुपमा संचाल हुदै आएको मदिरा भट्टी भतकाउनुको साथै मदिरा बनाउने कच्चा पदार्थ र तथा तयारी मदिरा नियन्त्रण लिएर नष्ट गरेको छ ।
गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र वडा प्रहरी कार्यालय श्रीपुरबाट संयुक्त रुपमा नै खटेको खटेको प्रहरीको टोलीलेपर्सा जिल्लाको बिभिन्न स्थानमा सचाल गरिएको अबैद्ध मदिरा भट्टी भात्काउनु को साथै ३० लीटर मदिरा बनाउनमा प्रगोग गर्ने कच्चा पदार्थ र १८०० लीटर तयारी मदिरा बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।
यसै गरी मदिरा उत्पादन गर्ने मेसिन ३ थान र भाडाकुडा समेत नियन्त्रणमा लिएको हो । बरामद गरिएको काच्चा पदार्थ सहित तयारी मदिरा र भाड़ाकूड़ा तथा मेसिनलाइ प्रहरीले स्थानिय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरिएको जनाएको छ ।